Tuesday, February 28, 2017

पेटको क्यान्सरका ८ लक्षण र रोकथामका ८ उपाय


डा. सुदीप श्रेष्ठ


क्यान्सर जुनसुकै उमेर समूहका मानिस र शरीरको जुनसुकै भागमा हुनसक्ने रोग हो। विश्वमा क्यान्सर रोगका बिरामीको संख्या दिनानुदिन बढ्दो छ। नेपालमा पनि क्यान्सरका बिरामीको ंसंख्या वृद्धि भइरहेको तथ्यांकहरु छन्। चेतनाको अभावले धेरै मानिस क्यान्सर रोगलाई ‘ज्यानमारा रोग’ भनेर बुभ्mछन्। तर, समयमै क्यान्सर भएको पत्ता लागेमा क्यान्सरलाई सजिलै निको पार्न सकिन्छ।

पेट अर्थात आमाशयको क्यान्सर नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर मध्ये पर्दछ। सामान्यतया आमाशयको कोषिकामा गडबड हुनु नै पेटको क्यान्सर हुनु हो। पहिलो र दोस्रो स्टेजमा पेटको क्यान्सरको लक्षण पत्ता लागाउन गाह्रो हुन्छ। धेरैले पेट दुख्दा ग्यास्ट्राइटिस भएको अनुमान गर्छन् र ग्यास्ट्रिकको औषधि प्रयोग गर्छन्। पेटको क्यान्सर केहीमा वंशाणुगत रुपमै हुने भए पनि अधिकांसमा भने खानपिन र जिवनशैलीका कारण हुने गर्दछ। त्यसैले पेटको क्यान्सरबारे शंका लागे तत्काल चिकित्सककहाँ गएर परीक्षण गराउनु सबैभन्दा उत्तम कुरा हो। रोग निको पार्न धेरै सकस भोग्नुपर्छ तर रोग लाग्न नदिन थोरै सचेत भइदिए पुग्छ।

फाइल फोटो 
पेटको क्यान्सरका लक्षणहरु यस्ता छन्ः
१) सुरुमा ग्यास्ट्राइटिस भएजस्तो गरी पेट पोल्ने,
२) पेट ढुस्स हुने,
३) औषधि खाँदा पनि पेट दुख्ने समस्या ठिक नहुने,
४) खानामा रुची घट्दै जाने,
५) पटक–पटक वान्ता आउने र वान्तामा रगत देखिने,
६) दिसामा पनि रगत देखिने,
७) शरीर सुक्दै जाने,
८) पेटमा पानी भरिएर फुलेर आउने। आदि।

पेटको क्यान्सर लाग्न नदिने उपाय
१) रातो, पोलेको र बोसोयुक्त मासु नखाने,
२) धूमपान र मध्यपान नगर्ने,
३) ग्यास्ट्राइटिस भएमा तुरुन्तै उपचार गर्ने,
४) चिसो, चिल्लो, पिरो र नुन कम प्रयोग गर्ने,
५) ढुसी परेको र बासी खाना नखाने,
६) जङ्कफुड सकेसम्म नखाने,
७) नियमित व्यायाम गर्ने,
८) चिकित्सकको परामर्श लिने।

(डा. श्रेष्ठ नेपाल क्यान्सर अस्पतालका अध्यक्ष हुन्।)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment