Saturday, March 11, 2017

भक्तपुरमा झ्यालबाट खसेर एक युवतीको मृत्यु


फागुन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।


घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो ।

झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Tuesday, March 7, 2017

यी हुन पुरुषबाट पीडित महिला र महिलाबाट पीडित चर्चित पुरुषहरु !

सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौं, २५ फागुन । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आजको दिन महिला अधिकारबारे खुबै बहस गरिन्छ । यसैबीच यसपालीको महिला दिवसमा हामी खास खुलासा गर्दैछौं । जसले महिला अधिकार र पीडित को हुन भन्ने प्रष्ट पार्नेछ । कांग्रेसका नेता तथा बहालवाला रक्षामन्त्री बालकृष्ण खाँड नेपाली कांग्रेसका नेता तथा हालका बहालवाला रक्षामन्त्री बालकृष्ण खाँडले सरकारी वकिल तथा पछि न्यायाधीश बनेका तेजबहादुर कार्कीकी श्रीमती मञ्जुसँग विवाह गरे । तेजबहादुरको जागिरबाट कमाई गरी सञ्चय कोष समेत गरेर बल्ल तल्ल गरी बनाइएको घर मञ्जुका नाममा थियो । कार्कीको घरसहित श्रीमती समेत दोस्रो विवाह गरी गएपछि नखाएको विष उनलाई लाग्यो । कार्कीकी श्रीमती मञ्जु घरसहित पोइला गएपछि एक जना छोराको समेत बाल मस्तिष्कमा नराम्रो असर पुगेको थियो । त्यो अवस्था देख्नेहरु यदि भगवान भएको भए किन तेज बहादुरलाई मात्रै अनिष्ट हुन्छ भनि प्रश्न गर्दछन् । कार्की अहिले बालकोटमा अर्की श्रीमती विवाह गरेर बसेका छन् । उनको रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश भएको समयमा जागिर गएको थियो । देल्लीमा कानुन विषयमा स्नातकोत्तर अध्ययन गर्न गएका बेला श्रीमती मञ्जु बालकृष्ण खाडसँग गएकी हुन् । अहिले न पेन्सन छ न त सञ्चयकोषमा सापटी लिएर बनाएको घर । एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्बाङ एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले जेठी श्रीमतीसँग मनमुटाव भएपछि विवाह भएको १५ दिनमै कान्छी बिशालनुमा नेम्बाङसँग दोस्रो विवाह गरे । त्यसैकारण उनी कहि पनि भोजमा श्रीमती नलिइकनै जाने गरेका छन् । कान्छी विशालनुमा पनि पूर्व सभामुखको श्रीमती भनेर कहि कतै चिनाउने गर्दिनन् । लामो समय सभामुख बनेका नेम्बाङकी श्रीमतीलाई संसद सचिवालयका सचिवले पनि चिनेनन् । खानेपानीमन्त्री प्रेमबहादुर सिंहका तीन श्रीमती खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहका दुईवटा श्रीमतीहरु ज्ञान कुमारी सिंह र पद्मा सिंह चन्द्रागिरी नगरपालिकामा बस्दछन् । तर, उनी चाहिँ तेस्री श्रीमती नलिनी सिंहलाई लिएर नयाँ घरबार चलाएका छन् । साथै स्वकीय सचिव पनि नलिनी नै छन् । उनका जेठी र माहिली श्रीमतीले कतै बहुविवाहको उजुरी नगरेको स्रोतको दावी छ । मन्त्री सिंहका एक छोरा र तीन छोरी छन् । उजुरी नै गरेपनि बहुविवाहमा मन्त्रीलाई नै प्रहरीले कसरी थुन्न सक्थ्यो र ? नेपाल मजदूर किसान पार्टीको सदस्य र नेता हुँदै एमाले पार्टीबाट राष्ट्रिय सभामा सदस्य र कानुनमन्त्री बनेका सिंह आफ्नै नेतृत्वमा नयाँ पार्टी समाजवादी जनता पार्टी खोलेर २०६४ र २०७० सालको संविधानसभाको समानुपातिक एक सिटे प्रतिनिधित्व गरेका छन् । तथापि सिंह सदावहार मन्त्री बनेर सबैलाई चक्मा ख्वाएका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दका दुईवटा श्रीमती छन् । तर चन्दका श्रीमतीहरु बीच सतहमै आएर झगडा नहुने गरेको छिमेकीहरु बताउँछन् । सौता खेप्न बाध्य शान्ता चौधरी एमालेकी पूर्वसभासद शान्ता चौधरी (जो पूर्व कमलरी पनि हुन्) का श्रीमान् हरि प्रसाद चौधरीले अर्को श्रीमती विवाह गरेको पहिलो सूचना आफ्नै छोराार्फत मोबाइल फोन गरि जानकारी दिए । तरपनि चौधरीले बहुविवाहको उजुरी गरिनन् । हरिप्रसादले शान्ताले समय नदिएको भन्दै आफूभन्दा आधा उमेर कान्छी रोल्पाली नानीलाई श्रीमतीका रुपमा भित्राए । कांग्रेस नेता ढुण्ढिराजका शास्त्री तीन श्रीमती कांग्रेसका बौद्धिक नेता भनिएका ढुण्ढिराज शास्त्रीका चारवटा त कानुनी रुपमै र थुप्रै ‘रख्यौल’का रुपमा श्रीमती राखेका थिए । अहिले बुढेसकालमा तीनवटा मात्रै श्रीमती छन् । उनी देवघाटमा अर्को घर बनाएर बढेसकालको दिनचर्या बिताएका छन् । जेठी हुँदाहुँदै घरवेटीकी छोरी भगाउने पूर्व न्यायाधीश निलकण्ठ उपाध्याय जिल्ला न्यायधीशमा दुई दशक बिताएर बल्ल तल्ल पुनरावेदन अदालतमा उक्लिएका पूर्व न्यायधीश निलकण्ठ उपाध्यायले स्याङ्जामा सरकारी वकिल हुँदा घरवेटीकी छोरी नै उडाइदिए । उनकी जेठी श्रीमती पर्वतको गाउँबाट बुटवल आएर कान्छीलाई भुत्ल्याएपछि बल्ल तल्ल पुनरावेदन अदालतका न्यायाधीशले छुट्टाएको रमाइलो कहानी छ । अहिले कान्छी श्रीमतीसँग उनी अवकासको जीवन धापासीको घरमा बिताइरहेका छन् । दुई श्रीमतीको पीडा गीतबाटै सुनाउँछन् न्यायाधीश ठाकुर प्रसाद चापागाई उच्च अदालतका न्यायाधीश ठाकुर प्रसाद चापागाईले कान्छी श्रीमती अनिता चापागाईसँग दोस्रो विवाह गरे । उनले वकिलहरुको वनभोजमा दुई श्रीमतीको पीडा गीत नै गाएर सुनाएका थिए । उनले गीतको बोलमा भनेका थिए “जेठीतिर जाँदा कान्छी रिसाउने म एक्लो बुढो कता बिसाउने” डिभोर्सका धनी न्यायाधीश हरिप्रसाद पौडेल केहि दिन अघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको कोटामा बिराटनगर उच्च अदालतको न्यायाधीशमा नियुक्त हरिप्रसाद पौडेलले डिभोर्स एण्ड कम्पनी नै खोलेर थुप्रैलाई पीडा दिएका रहेछन् । उनका विरुद्धमा एक जना पीडित दिपेन्द्र अधिकारीले त उपन्यासका रुपमा पुस्तक नै छपाए । उनको त्यो उपन्यास पुर्व प्रधानन्यायाधीश दामोदर शर्माले बिमोचन गरेका थिए । अहिले डिभोर्स कम्पनीका मालिक नै न्यायधीश बन्ने भाग्य पैसाका भोका नेताले बनाइदिए पछि तनहूँका कांगे्रस वकिलहरुमा भूइचालो नै गएको छ । मेडिकल डाक्टर चोपलाल भुषाल भरखरै कांग्रेस कोटामा बंगलादेशका लागि राजदूतमा सिफारिस गरिएका मेडिकल डाक्टर चोपलाल भुषालले एक श्रीमती सुशीला शर्मा हुँदा हुँदै अर्की श्रीमती पुष्पा भुषालसँग विवाह गरे । संयोगवस जेठी राष्ट्रिय सभाकी सांसद बनिन् भने कान्छी पुष्पा पनि अर्घाखाँचीबाट २०६४ सालको संविधानसभामा प्रत्यक्षतर्फ चुनाव जितिन् । दुईवटै श्रीमतीलाई सांसद बनाउन सफल भुषालको राजदूत बन्ने अर्को बाटो पनि खुलेको छ । २०७० सालको संविधानसभामा भने उनै पुष्पा एमालेका दुमन थापासँग पराजित भइन् । डा. विश्वबन्धु शर्मा र अरुणा उप्रेती वरिष्ठ मानसिक रोग विशेषज्ञ विश्वबन्धु शर्माले तनहुँ राइपुरमा पौडेल थरमा पहिलो विवाह गरे । पछि रुसबाट एमबीबीएस र एमडी गर्न जाँदा डा. अरुणा उप्रेतीसँग दोस्रो विवाह गरे । डा. अरुणा भित्रिएपछि कुनै वास्ता नगरेका कारण लामो समय जेठी श्रीमती माइतमै बस्न बाध्य भइन् । पछि परम्परा अनुसार विवाह गरेकी छोरी सधै माइतमा बस्दा नराम्रो हुने भन्दै बाबु आमाको अनुरोधमा घरमा पठाएको केहि दिनमै उनको रहस्यमय तरिकाले निधन भयो । उनका दाजु ऋषि पौडेल कृषि विकास बैंकमा अधिकृत थिए । उनले बहिनीको मृत्यु भएको खबर पाएपछि पोष्टमार्टम गर्नुपर्ने जिकिर गरे । आफ्नी बहिनीको अवस्था देखेर दाजु ऋषिलाई मानसिक असर पर्यो । पछि ऋषि बहिनीको चिन्ताले दुलेगौंडाको सेती नदीमा हाम्फालेर आत्महत्या गरे । फिल्म निर्माता उद्धव पौडेल फिल्म निर्माता उद्धव पौडेललाई श्रीमतीले छाडेर अमेरिका गएका कारण एक्लो जीवन बिताएका छन् । पौडेल भरखरै राप्रपाको कोषाध्यक्ष समेत बनेका छन् । नायिका मौसमी सेन मल्ल त्यसैगरी नायिका मौसमी सेन मल्ल चाहिँ श्रीमान् जापान कमाउन गएका बेला छापाखानाका मालिक रबि डंगोलसँग विवाह गरिन् । पहिलो श्रीमान् तर्फ उनका दुई छोराहरु छन् । श्रीमतीपीडित व्यापारी कृष्ण कायस्थ नेबिको विस्कुटका मालिक कृष्ण कायस्थलाई श्रीमतीले छाडेर गएपछि सबै अचल सम्पत्ति गम्यो भन्दै व्यवहार सम्हाल्न नसकेर भूमिगत बनेका छन् । उनको सबै अचल सम्पत्ति श्रीमतीका नाममा थियो । आफ्नै स्वकीय सचिवलाई कान्छी बनाउने वामपन्थी नेता मोहन विक्रम सिंह नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले आफ्नै स्वकीय सचिव दुर्गा पौडेलसँग दोस्रो विवाह गरे । अहिले खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चाका तर्फबाट श्रीमती दुर्गालाई समानुपातिक तर्फबाट सांसद बनाएका छन् । सिंहकी जेठी श्रीमती शान्त सिंह कैलालीको टिकापुरमा शिक्षिका थिइन् । शान्तातर्फबाट एक छोरा र एक छोरी थिए । पुस्तक व्यवसायी नवनिधि पन्थः दिल्लीबाट दोस्रो विहे राष्ट्रिय पुस्तक व्यवसायी महासंघका महासचिव नवनिधि पन्थले दुई छोरीकी आमा हुँदा हुँदै पनि दिल्लीबाट दोस्री श्रीमती विवाह गरे । १४ वर्ष अघिसम्म वुटवलको प्रकाश होटलमा रक्सीको चुस्कीमा १२ बजाउने र नालीमा सुत्ने गरेका उनी कान्छी सहित करोडौंको गाडीमा सवार गर्दछन् । तर, उनलाई राजश्व अनुसन्धानले छानविन गरिरहेको अर्का व्यवसायीले बताए । दुर्गा पंगेनीः बाख्रा गोठालो लगाएर जेठी श्रीमतीसँग छोडपत्र बालोदय उच्च मावि विरुवा, पोखराका सञ्चालक दुर्गा पंगेनीले बाबुले विवाह गरिदिएका जेठी श्रीमतीलाई नाटकीय ढंगले छाडिदिए । जेठी श्रीमतीलाई छाड्नका लागि श्रीमती बाख्रा गोठालो गएका बेला अर्का बाख्रा गोठाले युवालाई पैसा दिएर अंगालो हाल्न लगाएर जबर्जस्ती पारपाचुके गरेका थिए । उनको गाउँको घर सातमुहाने कास्की हो । बाबुले सानै उमेरमा विवाह गरिदिएकी श्रीमतीलाई छुटाएपछि ट्राभल एजेन्सी खोलेका उनले गुल्मीकी कमला भण्डारीसँग दोस्रो विवाह गरे । त्यसपछि उनले बालोदय उच्च मा.वि.का प्रिन्सीपल नै बनाए । पंगेनीले असहाय र गरिब बालबालिकाहरु निशुल्क पढाउने भन्दै तीन रोपनी जग्गा एक जना जापानी दातालाई किन्न लगाएका थिए । तर, उनले कुनैपनि असहायलाई निःशुल्क पढाएका छैनन् । राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा प्रधानमन्त्री जुद्ध शमशेर जवराका दर्जनौं श्रीमतीका १७ भाइ छोरा र १३ वटा छोरी थिए । उनले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका ससुरा बिनोद शम्शेरलाई २००८ सालमा बनारस गएपछि मात्रै छोराको रुपमा स्वीकार गरेका थिए । उनको परिवारमा श्रीमती, छोरा र नाति गरी १०१ जना थिए । जुद्ध शम्शेरलाई अधिवक्ता छोरी जनकराज्य लक्ष्मीको शाहको अनुरोधले विनोदकी आमालाई श्रीमती र बिनोदलाई छोराको दर्जा दिएका हुन् । छोरीकै प्रभावमा परेका कारण “ल्याइते” श्रीमतीलाई स्वीकार गरिएको चर्चा त्यो समयमा ब्याप्त थियो । विनोदकी श्रीमती प्रतिभा पनि ज्वाईको जोडबलले बुढेशकालमा जापानको राजदूत बन्न पाउने भाग्यमानी बनेकी छन् । पार्टीमा रामचन्द्र पक्षले विरोध गर्दा गर्दै पनि देउवाले सासुलाई विज्ञानराज्यमन्त्री र हालै राजदूतमा सिफारिस गरेका हुन् । रोचक कुरा के छ भने देउवा र सासु प्रतिभा ११ दिनको फरकमा जन्मेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा २०४६ सालको आन्दोलनका समयमा पढ्नका लागि बेलायत पुगेका शेर बहादुर देउवाले ज्योतिका नाममा पठाएको प्रेमपत्रका कारण ज्योति गौतम र हरि गौतमको सम्बन्धमा दरार पैदा भयो । दुई छोराकी आमा ज्योतिले पारपाचुके गरिन् । ज्योतिलाई शेर बहादुरले पठाएको प्रेमपत्र एक मासिक पत्रिकामा छापिए पछि हरिपनि कुनैहालतमा सँगे बस्न नसक्ने सोचमा पुगे । यसरी ज्योति पनि प्रा. डा. विश्वम्भर प्याकु¥यालसँग दोस्रो विवाह गरिन् । अहिले शेर बहादुरले विश्वम्भरलाई पे्रमिकालाई सिहारे वापत श्रीलंकाको राजदूत बनाएर गुन तिरेका छन् । शेर बहादुरले एक पटक ज्योतिलाई समाजकल्याण परिषद्को पनि कोषाध्यक्ष बनाएका थिए । कान्छी भित्र्याउन जेठीको हत्या गर्ने सशस्त्रका डीआइजी रञ्जन कोइराला सशस्त्रका डिआइजी रञ्जन कोइरालाले श्रीमतीलाई हत्या गरे । उनी अहिले जेल जीवन बिताएका छन् । तर, त्यहाँ भित्र पनि थुप्रै कारुणिक कथाहरु जोडिएको जानकारहरु बताउँछन् । उनकी प्रेमिकासँग पूर्वमन्त्री तथा अपहरणकारी श्यामसुन्दर गुप्ता पनि जोडिएर कार्वाही अघि बढिरहेको छ । जर्मन पतिसँग डीभोर्स गर्ने सुजाता कोइराला कांग्रेस नेत्री सुजाता कोइराला बाबु प्रधानमन्त्री बनेपछि आफ्ना जर्मनी श्रीमान् जोष्टलाई डिभोर्स गरेको भन्दै नेपाल आइन् । नेपालमा उनी बाबुकै जोडबलमा माधव नेपालको नेतृत्वमा बनेको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनिन् । त्यो समयमा उनले मेसिन रिडेबल पासपोर्ट बनाउन भारतीय कम्पनीलाई दिने जस्तो राष्ट्रघाती काम पनि गरिन् । पछि आन्दोलनको दवाव र सर्वोच्च अदालतमा रिट परेपछि हालकी प्रधानन्यायाधीश सुशीला कार्कीको फैसलाले खारेज गरिदियो । उनले छोरी मेलानी र आन्द्रेशलाई समेत गैर कानुनी ढंगले एनआरएनको परिचय पत्र दिलाइन् । ज्वाई रुबेल भने पारस शाहसँगको झगडा र गैरकानुनी काममा संलग्न भएको पाइएपछि बंगलादेश नै भाग्न बाध्य भए । उनलाई कांग्रेस नेता कृष्ण सिटौलाले विमानस्थलबाट सुरक्षित बाहिर पठाएका थिए । माओवादीका पूर्व सांसद रेणु चन्द र टेकेन्द्र भट्टको डिभोर्स एकीकृत माओवादीमा प्रत्यक्षतर्फबाटै निर्वाचित रेणु चन्द र टेकेन्द्र भट्टले पारपाचुके गरे । उनीहरुका एक छोरी थिइन् ।
विना मगर र प्रकाश दाहाल त्यसो त बिना मगरले पनि श्रीमान् छाडेर प्रकाश दाहालसँग दोस्रो श्रीमतीका रुपमा भित्रिइन् । जसका कारण माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई समेत ठूलो समस्या पारिदियो । प्रकाशलाई केहि समय पार्टीले पनि कार्वाही गर्यो यसरी हाम्रो समाजमा महिलाबाट महिला, पुरुषबाट महिला र महिलाबाट पुरुष पीडित भएका थुपै उदाहरणहरु रहेका छन् । माथिका नामहरु त केहि प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा समाजका अगुवा, मानवअधिकारवादी, राजनीतिज्ञ र बुद्धिजीबी भनिएकाहरु नै समाजमा विकृतीका पात्र बनिरहँदा पनि के न्यायमा समानपहुँच छैन ? के यो भन्दा बढि कठोर कानुनको आवश्यक्ता यहाँ छ ? वा २०२० सालमा बनेको मुलुकी ऐनको कारण सुधार गर्न नसकिएको हो ? अहिले नेपाली समाज धनी र समुन्नत बनिरहँदा पनि किन नैतिकमूल्य र मान्यताहरु ह्रास भएका छन् ? किन सामाजिक सद्भाव र नैतिक मूल्य र मान्यताहरु धरापमा परेका हुन् ? यो विषयमा गम्भिर हुनैपर्दछ । कानुनविद् धनन्जय खनाल भन्छन् ‘नेपालमा अहिले घरेलु हिंसामा कुनै कानुन बाधक छैनन् । पहिला पहिलाको जमनामा महिलाहरु पुरुषबाट पीडित थिए । अहिले महिला र पुरुषमा सम्पत्तिको हक लगायतका कुनैपनि विषयमा भेदभाव गरिएको छैन । तथापि सरकारले कानुनको मनसाय बमोजिम कार्यान्वयन गरेको छैन । यसरी कार्यन्वयनको पाटो मात्रै कमजोरी रहेको हो । उनी थप्छन् ‘अहिले सहरी क्षेत्रमा कानुनको ज्ञान भएका मानिसहरु भएतापनि गाउँ गाउँमा अझै चेतनाको कमि छ । सरकारले सशक्तिकरण गर्न नसक्दा यो अवस्था आएको हो । अहिले पनि गाउँमा बोक्सीका आरोपमा पीडा दिने गरिएको हामीले सुन्न र बुझ्न पनि पाएका छौँ । सचेतनाको सरकारी पाटो कछुवाको तालमा अघि बढेको छ । त्यो नै बिडम्बना हो ।’ (डायरी एक्सप्रेसबाट)

Tuesday, February 28, 2017

प्रकाश र बिना मगरका कारण बालुवाटारमा रुवाबासी !

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुबेका कारण उनले नियुक्ति गरेका सल्लाहकारदेखि स्वकीय सचिवसम्म भूमिकाविहीन भएका छन् । प्रधानमन्त्री दाहालले छोरा साकार दाहाल(प्रकाश), बुहारी विना मगर, छोरी रेणु दाहाल र भाइ नारायण दाहालको कुरामात्र सुन्ने गरेकाले पनि अरु जागिर खाने भूमिकामा सीमित छन् ।

प्रकाश दाहाल स्वकीय सचिव हुन् भने नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन् ।  प्रधानमन्त्रीका हरेक कार्यक्रममा छोरा प्रकाशकै चुरीफुरी हुने गरेको छ । सरकारका नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टामा पनि छोराबुहारी, छोरी र भाइ दाहालले डिल गर्दैआएका छन् । प्रधानमन्त्री दाहालले नियुक्ति गरेका कुनै पनि सल्लाहकार वा प्रमुख स्वकीय सचिवको कुनै काम नै नहुने गरेकाले धेरै त आउनै छाडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेव र माओवादी नेता बर्षमान पुनसँग कहिलेकाहीँ सल्लाह लिने बाहेक अरुको कुरा प्रधानमन्त्री दाहालले सुन्दै नसुन्ने र भेटसमेत नदिने गरेको गुनासो छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले वास्ता नगरेपछि धेरैलाई प्रकाश दाहालको सल्लाहकार हुुनुपर्ने बिडम्बना छ । सुशासन ऐनविपरीत जम्बो सचिवालय बनाएका प्रधानमन्त्री दाहालले हरेक बिषयका विज्ञ राखेका छन् ।


प्रधानमन्त्री कार्यालयमा कुनै हैसियत र भूमिका नै नभएकाले प्रेस सल्लाहकार गोविन्द आचार्य लामो समयदेखि कार्यालय जानै छाडेका छन् । उनी प्रेस चौतारी र प्रेस सेन्टरको गठजोडमा पत्रकार महासंघको केन्द्रीय अध्यक्षको उम्मेदवार हुनका लागि महासंघका जिल्ला अधिवेशनमा ब्यस्त हुन थालेका छन् ।  प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, स्वकीय सचिव रमेश मल्ल, जनसम्पर्क सल्लाहकार रामदीप आचार्य समेत भूमिकाविहीन जस्तै छन् । स्रँेतका अनुसार प्रधानमन्त्री दाहालले भाइ र छोराबाहेक अरु वास्ता नै गर्दैनन् । पछिल्लो समयमा महरासहितका सचिवालयका धेरै जना बालुवाटारमा देखिन छाडेका छन् । बालुवाटारमा प्रकाश र बिनाको गतिविधिका कारण उनीहरु सबै हैरान भएको स्रोत बताउँछ । उनीहरुकै कारण सचिवालयमै विवाद बढ्दै गएको छ भने प्रचण्डप्रति नेताहरु आक्रोशित हुँदै गएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रकाश र बिनाको  गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । प्रकाशका दम्पत्तिको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीहरु आजित भएका हुन् ।  प्रचण्डलाई अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कापट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र बिनामार्फत् सजिलै प्रचण्डलाई भेट्न पाउने गरेका छन् भने पार्टीका नेता कार्यकर्ताले प्रचण्डलाई भेट्न पाउँदैनन् ।  दृष्टि साप्ताहिकमा खबर छ ।

दुबई यूएईका पार्कमा यौन क्रियाकलाप गर्ने पाँच नेपाली जेलमा


दुवई । वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका नेपालीहरुले रक्सी पिएर कानून विपरित कार्य गरिरहेका छन् । हालै दूतावासले गरेको अनुगमनको क्रममा यूएईका विभिन्न कारागारमा गरी ६१ जना नेपालीले सजाय भोगीरहेका छन् । उनीहरुमध्ये २७ जना रक्सीकै कारण जेलमा परेका छन् ।

यहाँका विभिन्न जेलमा रहेका नेपालीहरुलाई भेट्न दूतावासले द्वितिय सचिव कृष्ण अर्याललाई पठाएको थियो । भेटमा धेरैले रक्सी पिएर झगडा–कुटपित गरेको सजाय भोगिरहेका छन् ।

दूतावासले यहाँ नेपालीको अवस्थाबारे तयार गरेको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई पठाएको छ । युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन फुजेराह र अलऐनमा रहेका जेलमा नेपालीहरु सजाय भोगिरहेका छन् ।


सबैभन्दा बढी दुवईस्थित सेन्ट्रल जेल अल अविरमा दुई महिलासहित ३२ जना नेपाली छन् । आबुधाबीको अल वात्वा जेलमा एक महिला र १८ पुरुष गरेर सहित १९ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् ।

सारजाहको जेलमा ५ जना महिला र एक पुरुष गरी ६ जना छन् भने अलऐन जेलमा एक महिला र दुई जना पुरुष गरेर तीन जना, रसअलखेमा, फुजेराह उम्मलक्विन र अजमानमा तीन जना नेपाली जेल जीवन बिताइरहेका छन् । उनीहरुमध्ये १० जनालाई हत्याको आरोप लागेको छ ।

त्यसैगरी सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा पाँच जनालाई जेलमा राखिएको छ । नेपालीहरुमाथि लागु औषध, भाङ–धतुरा, नक्कली कागज बनाएको आरोपमा जेल परेका दूतावसको प्रतिवेदनमा उल्लेख छ ।

पेटको क्यान्सरका ८ लक्षण र रोकथामका ८ उपाय


डा. सुदीप श्रेष्ठ


क्यान्सर जुनसुकै उमेर समूहका मानिस र शरीरको जुनसुकै भागमा हुनसक्ने रोग हो। विश्वमा क्यान्सर रोगका बिरामीको संख्या दिनानुदिन बढ्दो छ। नेपालमा पनि क्यान्सरका बिरामीको ंसंख्या वृद्धि भइरहेको तथ्यांकहरु छन्। चेतनाको अभावले धेरै मानिस क्यान्सर रोगलाई ‘ज्यानमारा रोग’ भनेर बुभ्mछन्। तर, समयमै क्यान्सर भएको पत्ता लागेमा क्यान्सरलाई सजिलै निको पार्न सकिन्छ।

पेट अर्थात आमाशयको क्यान्सर नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर मध्ये पर्दछ। सामान्यतया आमाशयको कोषिकामा गडबड हुनु नै पेटको क्यान्सर हुनु हो। पहिलो र दोस्रो स्टेजमा पेटको क्यान्सरको लक्षण पत्ता लागाउन गाह्रो हुन्छ। धेरैले पेट दुख्दा ग्यास्ट्राइटिस भएको अनुमान गर्छन् र ग्यास्ट्रिकको औषधि प्रयोग गर्छन्। पेटको क्यान्सर केहीमा वंशाणुगत रुपमै हुने भए पनि अधिकांसमा भने खानपिन र जिवनशैलीका कारण हुने गर्दछ। त्यसैले पेटको क्यान्सरबारे शंका लागे तत्काल चिकित्सककहाँ गएर परीक्षण गराउनु सबैभन्दा उत्तम कुरा हो। रोग निको पार्न धेरै सकस भोग्नुपर्छ तर रोग लाग्न नदिन थोरै सचेत भइदिए पुग्छ।

फाइल फोटो 
पेटको क्यान्सरका लक्षणहरु यस्ता छन्ः
१) सुरुमा ग्यास्ट्राइटिस भएजस्तो गरी पेट पोल्ने,
२) पेट ढुस्स हुने,
३) औषधि खाँदा पनि पेट दुख्ने समस्या ठिक नहुने,
४) खानामा रुची घट्दै जाने,
५) पटक–पटक वान्ता आउने र वान्तामा रगत देखिने,
६) दिसामा पनि रगत देखिने,
७) शरीर सुक्दै जाने,
८) पेटमा पानी भरिएर फुलेर आउने। आदि।

पेटको क्यान्सर लाग्न नदिने उपाय
१) रातो, पोलेको र बोसोयुक्त मासु नखाने,
२) धूमपान र मध्यपान नगर्ने,
३) ग्यास्ट्राइटिस भएमा तुरुन्तै उपचार गर्ने,
४) चिसो, चिल्लो, पिरो र नुन कम प्रयोग गर्ने,
५) ढुसी परेको र बासी खाना नखाने,
६) जङ्कफुड सकेसम्म नखाने,
७) नियमित व्यायाम गर्ने,
८) चिकित्सकको परामर्श लिने।

(डा. श्रेष्ठ नेपाल क्यान्सर अस्पतालका अध्यक्ष हुन्।)

Sunday, February 26, 2017

सुनको भाउ घट्यो




काठमाण्डौ,१६ फागुन। आज सुनको भाउ घटेको छ । सुन आज तोलामा १ सयले घटेर ५६ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

घर जग्गा ब्यवसायी दिन दिनै सङ्कटमा – काठमाडौँ पछी पोखरा, चितवन र भक्तपुरमा पनि मूल्य घट्यो (स्थलगत रिपोर्ट सहित)



काठमाडौं । एक महिना देखी घर जग्गाको भित्री रहस्य पत्ता लगाउने उद्देश्यले हामी रिपोर्टिङमा निस्केका छौं ।

हामी हाम्रा पाठकलाई नठगिनुस भन्न चाहन्छौ । मालपोत कार्यालय भक्तपुर रजिस्ट्रेसन फाँटबाट हुने जग्गा सम्बन्धि कारोबार वा लिखतको संख्या पछिल्लो समय अघिल्लो तीन महिनाको तुलनामा दोब्बरले कम भएको छ । उपत्यकामा घरजग्गाको मुल्य ६० प्रतिशतसम्म घटे पनि कारोबारमा सुधार आउन सकेको छैन् । मुल्य घटेपछि कारोबार बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको हो । कारण अझै मुल्यमा गिरावट आउछ कि भन्ने नै हो ।


उपत्यकाका पाँच मालपोत कार्यालयहरुका अनुसार फागुनमा ८ करोड ५९ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ । यो वर्षकै सबैभन्दा कम अर्थात ६० प्रतिशत कमी हो । गत बर्षको शुरुवाती समयमै पाँच मालपोत कार्यालयहरुले ३६ करोड ४५ लाख रुपैयाँ राजश्व उठाएका थिए । ‘मुल्यमा कमी आएपछि कारोबार बढ्नुपर्ने थियो, तर त्यसो हुन सकेन्,’ घरजग्गा व्यवसायी सुमन न्यौपानेले भने, ‘पैसा हुनेहरु अझै भाउँ घट्न सक्ने अनुमान गरी बसेकाले कारोबारमा सुधार नआएको हो ।’

विगतमा बैंक तथा वित्तिय संस्थाले घरजग्गामा ९६ अर्ब रुपैयाँ लगानी गरेपछि कारोबार उच्च भएको थियो । तर, राष्ट्र बैंकले गत वर्ष पुसदेखि घरजग्गामा लगानी निरुत्साहित गरेपछि कारोबार घट्न सुरु भएको थियो । यो १÷२ बर्षसम्म जाने देखिन्छ । ६ महिना अघिसम्म भक्तपुरको राधे–राधे आसपासमा १५ लाख रुपैयाँ प्रति आनाको दरले जग्गा किनबेच भएको थियो ।

अहिले त्यहाँको भाउँ घटेर ७ लाख सम्म झरेको छ । त्यस्तै चाकाथली बिरुवा, बिरौटा दुवाकोट, दधिकोट सानोठिमी भित्री भाग लगायत क्षेत्रमा ६ महिना अघिसम्म आनाको जग्गा ७ देखी १० लाख सम्ममा किनबेच हुन्थ्यो । अहिले ३ देखी ७ लाख सम्ममा भेटिने गरेको छ । काठमाडौं र आसपासका क्षेत्रमा जग्गाको मूल्य घटेको यी केही उदाहरण मात्र हुन् ।

बैकले कर्जा ठप्प पारेसँगै व्यवसायीहरुको व्यवसाय चौपट भएको छ । बैंकको यो नियमले साना टुक्रा किन्ने क्रेतालाई भने मनग्य फाईदाँ हुने देखिन्छ । अब ४ महिना यही अवस्था रहे २० लाखमा ५ आना जग्गा २० फुट रोडमा सजिलै पाउने देखिन्छ । हामीले फिल्डमा गएर रिपोर्ट गर्दा यो २ महिनामा जग्गा किन्ने मान्छे एकदमै कम देखिएका छन् । कारण जग्गाको मुल्य निरन्तर ओरालो लाग्नु नै हो ।

अहिले केही समयदेखि ओरालो लागेको जग्गा कतिसम्म ओरालो लाग्छ अन्तिम सम्म कुर्ने ब्यतिहरु प्रशस्तै भेटिएका छन् । अहिले यहाँको जग्गाको भाउँ तीव्र गतिमा दिन दिनै झर्दै छ । यसले कम आयस्रोत हुने व्यक्तिलाई बसोबासका लागि सामान्य घडेरी जुटाउनका लागि भने मनग्य फाइदा हुने देखिन्छ ।

पछिल्लो समय जग्गाको भाउँ निकै नै तीव्र रुपमा घटेको जग्गा व्यवसायी बताउँछन् । नाम नबताउँने एकजना प्लटिङ ब्यबसायी भन्छन्, ‘पछिल्लो २ महिना देखी जग्गाको भाउँ अचाक्ली घटेको छ हामीले प्लटिङ गरेको जग्गा कौडिको मुल्य बराबर हुने देखिन्छ बैंकले ब्याज बढाएर ५ प्रतिशतमा लिएको पैसाको व्याज अहिले १८ प्रतिशत सम्म पुगिसकेको छ । अब हामीलाई सरकारले कसरी बचाउँछ ? न लिएको बैना फिर्ता दिन सकिन्छ न जग्गाको मुल्य भनेको जस्तो आउँछ, दोहोरो मार खाएका छौ ।’ अर्का भक्तपुरका एकजना ब्यबासायी भन्छन्, ‘पछिल्लो दुई वर्षमा कतिपय ठाउँको जग्गाको भाउँ ४ सय प्रतिशतभन्दा धेरै बढेको थियो, यसले लगानीलाई जोखिममा पार्ने डर व्यवसायीमा पलाउन थालेको थियो नभन्दै डुबिहालियो ।’ ‘जग्गाको भाउँ घटेको देख्दा हामी नै डराउन थालेका छौं । लगभग किनबेच ठप्प छ भन्दा नि फरक पर्दैन ।’ उनका अनुसार राष्ट्र बैंकले केही वर्ष अघिसम्म जग्गामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई केही खुकुलो बनाइदिएको थियो ।

ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी भन्छन्, ‘जग्गा मूल्यको ८० प्रतिशतसम्म वित्तीय संस्थाले लगानी गर्न सक्नेमा अहिले घटाउँदै ५ प्रतिशतमा झारेकोले यस्तो भएको हो ।’ ‘वित्तीय संस्थाले बढीमा ५० प्रतिशत मात्र लगानी गर्न पाउँछन् । तर पनि ग्राहकले पैसा जुटाएका छन् । वित्तीय संस्थालाई कम जोखिममा पार्न राष्ट्र बैंकले केही कडाई गरेकाले कारोबार घटेको देखिन्छ’ उनले भने ।

बैंकको लगानी घटे पनि व्यक्तिले रकम जुटाएर काम भने गरेको देखिन्छ । जग्गाको मूल्य घट्दा वित्तीय संस्था, सरकार र व्यक्ति नै धराशयी हुने खतरा बढेको उनले बताए । ‘जनताले लगानी गर्ने ठाउँ पाएका थिएनन् जग्गामा लगानी गरेका छन्, अब पैसा तिर्न सक्दैनन् अनि जग्गा लिलाम गरेको साँवा उठाउनु भन्दा अर्को बिकल्प बैंकसँग छैन् । उत्पादनशील क्षेत्रमा लगानी गर्न नपाएपछि घरजग्गामा लगानी गरेका हुन् ।’ घरजग्गाको लगानी सुरक्षित क्षेत्र होइन,’ अधिकारीले भने, ‘सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । अहिलेको लगानी उत्पादनशील क्षेत्रको साटो अनुत्पादक क्षेत्रमा बढी छ ।’ बैंक तथा वित्तीय संस्थाले कर्जाको १० प्रतिशत रियल स्टेटमा लगानी गर्नुपर्ने नियम बदलेर सीमा घटाउनुपर्ने अधिकारीको सुझाव छ । ‘१० प्रतिशतको बाध्यकारी लगानी घटाउने हो भने जोखिम कम हुन्छ । यसबाट वित्तीय संस्था जोगिन सक्छन्, नत्र अन्तिम पटकका लगानीकर्ता बढी जोखिममा पर्दछन,’ उनले भने । राजनीतिक दलमा आर्थिक क्षेत्रका विज्ञ कम हुँदा यो समस्या बढेको अधिकारी बताउँछन् । ‘राजनीतिक दलका नेताहरुले राजनीतिक मुद्दालाई आर्थिक क्षेत्रमा परिवर्तन गर्न सकेनन् । आर्थिक क्षेत्र दलको प्राथमिकतामा परेन् । यसले हाम्रो अर्थतन्त्रलाई कुनै पनि बेला जोखिममा पार्न सक्छ, उनले भने, ‘आर्थिक स्थिरता नहुनु नै मुल समस्या हो ।’

जग्गामा बढी लगानी गर्दा आर्थिक क्षेत्रमा जोखिम बढाउने अर्थशास्त्रका प्राध्यापक लेखनाथ भट्टराई बताउँछन् । ‘जग्गाको लगानीले उत्पादन बढाउँदैन, एकातिरको रकम अर्कोतिर ट्रान्सफर हुने मात्र हो, उनले भने, ‘यसले वित्तीय क्षेत्र समस्यामा पार्न सक्छ ।’ वित्तीय संस्था जोगाउन राष्ट्र बैंकले घरजग्गामा लगानी कम गर्न भने पनि नघटेको उनी बताउँछन् । ‘जग्गा किनबेच गर्न कहाँको पैसा उपयोग गरेका छन् भन्ने मात्र हो । अहिले रेमिटेन्सले साथ दिएर हो, भट्टराईले भने, ‘जहाँको जग्गा जसरी पनि बेच्न थालेर यो अवस्था आएको छ । यसले अप्ठेरो पारेको हो । जथाभावी जग्गा प्लटिङ गरेर बेच्दा समस्या छ ।’

जग्गाको कारोबार बढ्दा आर्थिक गतिविधिमा तोडमोडको त्रास हुने उनी बताउँछन्। ‘अहिले धेरैले जग्गामा जुवा खेलेका छन्, उनले भने, ‘यो जोखिम हो । घरजग्गा कारोबारलाई बढी खुला गर्नु राम्रो होइन । जग्गा किनबेच बढाउनु राम्रो होइन । अहिले यसैले जोखिम निम्त्याएको छ ।’ वास्तवमा जग्गाको मूल्य सम्बन्धित ठाउँमा सिर्जना भएको व्यावसायिक वातावरण र प्रतिफलको सम्भावनाका आधारमा नै तय हुनुपर्ने हो, जसलाई भौतिक, सामाजिक तथा शहरी पूर्वाधारको सुविधाले निर्देशित गर्छ । तर, अहिले उपत्यकाका चक्रपथभन्दा ७–८ किलोमिटर बाहिर राम्रो मोटरेबल बाटोसमेत नभएका क्षेत्रमा पनि जग्गा छोइनसक्नु महँगो गरेकाले ब्यबसायी धरापमा परेका हुन् ।

रातारात जग्गाको मूल्य मनलाग्दी बढाइयो, तर बैकले ऋण प्रबाह बन्द गर्दा सबै पलटिङवालाहरुको सातो गएको छ । राता/रात धनी हुने उद्देश्य बोकेका ब्यबसायी अहिले घरबाट बहिर निस्कन छाडेका छन् । यती सम्मकी बैना दिएकाहरु पनि सँग सँगै आतिएका छन् । न बैना फिर्ता आउँछ न त बैना लिने मान्छे भेटिन्छ ? भक्तपुरका बिराज भट्ट ६ महिना देखी दलालीको फन्दामा परेका छ उनी भन्छन्, ‘विश्वासले १० लाख दिए १ महिनामा ४ आना जग्गा पास गरिदिन्छु भन्यो अहिले न जग्गा न पैसा ! उनी त एक प्रतिनिधि पात्र मात्र हुन । यसरी ठगिने थुप्रै छन् । यसले काठमाडौंमा जग्गा वास्तवमै आवश्यक नै भएका जनसंख्याको आकार ठूलो रहेको समेत प्रस्ट्याउँछ ।

जग्गाको सीमितका बाबजुद मागको यो चापलाई मनलाग्दी मोल राखेर रातारात धन कमाउने अवसरमा बदल्न खोज्दा यो हबिगत भएको हो । अर्कोतर्फ जग्गाको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योग–व्यवसायका लागि समेत प्रतिकूल वातावरण सिर्जना गर्दै छ । निजीक्षेत्रबाट कुनै पनि किसिमका परियोजना ल्याउन चाहेर पनि जग्गाको मूल्यकै कारण पछि हटेका नेपाली व्यवसायी थुप्रै छन् । कुनै स्थानमा परियोजना प्रस्ताव मात्र भएको सुइँको पाए रातारात अकुत कमाउने लालसाले भूमाफिया सक्रिय भइसकेका हुन्छन् । यसले कुल परियोजना लागतको ६० देखि ७० प्रतिशत खर्च जग्गामै हुने स्थिति आएको व्यवसायीहरुको भनाई छ ।

पोहोरको भूकम्पपछि सुरक्षित भवन निर्माणका लागि मापदण्डमा विभिन्न शीर्षकमा छोड्नुपर्ने जग्गाको हिस्सा बढाइएको छ । खण्डीकरण रोक्न २ आनाभन्दा कम जग्गा किनबेच गर्न पनि रोक लगाइएको छ । यसले पनि आफैले जग्गा किनेर घर बनाउँछु भन्ने समूहलाई साँघुरो बनाएको छ । किनकी, जग्गाको मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिबीच मध्यम आयवर्गले यो हैसियत गुमाउँदै गएका थिए तर उनीहरुका पनि दिन आएका एकजना चिया ब्यापारी बताउँछन । जग्गाको मूल्यवृद्धिको यो प्रवृत्तिले एकातर्फ कालान्तरमा घरजग्गामा पहुँच बनाउन सक्ने जनसंख्याको सीमित घेरा सिर्जना गर्दै लगेको छ भने अर्कोतर्फ शहरी क्षेत्रको आर्थिक सम्भावनालाई पनि कस्दै लगेको छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ । किनकि, अहिले पनि नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) मा शहरी क्षेत्रको योगदान करिब ३५ प्रतिशत छ । सोआसपासका क्षेत्रहरुको समेत जोड्ने हो भने यिनले देशको समग्र अर्थतन्त्रको करिब ६५ प्रतिशत धानेका छन् ।

संसारका सन्तुलित अर्थतन्त्र भएका मुलुकमा पनि हुने यही नै हो, शहरी क्षेत्रको औद्योगिक–व्यापारिक क्रियाकलाप अर्थतन्त्रको मेरुदण्ड रहेका हुन्छन् । ग्रामीण क्षेत्रले कृषि अर्थतन्त्र बोक्नुपर्छ । जग्गाको अनियन्त्रित मूल्यवृद्धिले उर्वर खेतीयोग्य जमीन पुरेर प्लटिङ गर्न प्रोत्साहित गरिरहेको छ । देशको आर्थिक स्वास्थ्य र समृद्धिका लागि शहरी र ग्रामीण अर्थतन्त्रको सन्तुलन अपरिहार्य छ । यसका लागि जग्गाको मूल्यवृद्धि स्वाभाविक रहनुपर्छ । त्यसैले, यसको मूल्य नियन्त्रणका लागि सरकारले ठोस प्राविधिक तथा नीतिगत संयन्त्र ल्याउनु नितान्त आवश्यक भइसकेको छ । भुमाफियाको चलखेल जग्गा तथा निजी स्वामित्वका जग्गा तथा जमिन हडप्न मालपोत बैंक/वित्तीय संस्थाका कर्मचारी र भूमाफिया संगठित रुपमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यसविरुद्ध अप्रेशन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी विभाग तथा बैंक/बित्तीय संस्थासँग समन्वय गरेर ब्यूरोले देशभर सक्रिय भूमाफियाको सञ्जाल भत्काउन अग्रसरता देखाएको हो ।

यसका लागि ब्यूरो देशभरका सरकारी, सार्वजनिक तथा गुठीका जग्गाको विवरणदेखी धितो राखेर कर्जा प्रवाह गरिएको शंकास्पद कारोबारसम्मको अभिलेख संकलनमा जुटेको छ । ब्यूरोका निर्देशक डीआइजी नवराज सिलवालका अनुसार सार्वजनिक, गुठी तथा व्यक्तिका नाममा रहेका जग्गा हडप्न मालपोत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र भू–माफियाबीच मिलेमतो हुने गरेको छ ।


मालपोतका कर्मचारी र गिरोहले कागजात किर्ते गरेर सार्वजनिक तथा निजी जग्गा हडप्ने र उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा झिक्ने गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । “निजी, सार्वजनिक, सरकारी तथा गुठीका जग्गा हडप्न माफियाले त्रिकोणात्मक सञ्जाल विस्तार गरेको अनुसन्धानले देखाउँछ,” व्यूरो प्रमुख सिलवालले भने, “अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणले यसमा भू–माफिया, मालपोतका कर्मचारी र कर्जा विभागका कार्यरत बैंकका अधिकारीबीचको मिलेमतो विना यस्तो ठगी अघि बढाउँन सम्भव नै हुदैन ।” दलालले मालपोत र नापी कार्यालयमार्फत व्यक्ति तथा सार्वजनिक जग्गाको विवरण पाएपछि नक्कली लालपुर्जा, नागरिकता, नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका महत्वपूर्ण कागजात तयार पार्छन् ।

गिरोहको उक्त सेटिङलाई नापी र मालपोत कार्यालयका कर्मचारीले साथ दिँदै आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नक्कली कागजात तयार भएपछि मालपोतका कर्मचारीले माफियाकै योजनामा नक्कली जग्गाधनी खडा गर्ने र त्यसपछि बैंकमा धितो राखेर कर्जा निकाल्ने र बिक्री गर्ने गर्छन् । त्यसक्रममा नाता प्रमाणीकरण, जन्मरमृत्युदर्ता, नक्कली पति–पत्नीको विवाह दर्ता प्रमाणपत्र, अपरिचित जग्गाधनीका लालपुर्जा फोटोकपी लगायतका गाविस सचिवदेखी मालपोतका कर्मचारी सम्मको मिलेमतो देखिएको व्यूरोको दाबी छ ।
श्रोत : सझापेज